आज संसदका तीन समितिका बैठक बस्दै

आज संसदका तीन समितिका बैठक बस्दै

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • आज संसदका तीन समितिका बैठक बस्दै

    काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको एक समितिको बैठक बस्दै छ ।

    आज प्रतिनिधि सभाका अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

    आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै विहान १२: १५ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    त्यस्तै आज बिहान साढे ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij