२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ

२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ

शनिवार, पौष २७ २०८१
शनिवार, पौष २७ २०८१
  • २५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ

    काठमाडौं । फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौं प्रहरीले २५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ । यो सङ्ख्या हिजो बिहीबारसम्मको हो ।

    काठमाडौं प्रहरीले विभिन्न स्थानबाट १ सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

    काठमाडौं प्रहरीले गत साउनमा १ सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा १ सय ३ र मङ्सिरमा २ सय ८ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ ।

    साउनदेखि यही पुस २५ गतेसम्म १ हजार ८ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 

    अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध ४ करोड ८२ लाख ३६ हजार ५ सय ८५ रुपैयाँ जरिवाना र १ सय ४३ वर्ष ८ महिना २६ दिन कैद फैसला गरेको छ । अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij