भक्तपुर प्याब्सन अध्यक्षमा राजन कसपाल निर्विरोध

भक्तपुर प्याब्सन अध्यक्षमा राजन कसपाल निर्विरोध

शनिवार, पौष २७ २०८१
शनिवार, पौष २७ २०८१
  • भक्तपुर प्याब्सन अध्यक्षमा राजन कसपाल निर्विरोध

    भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन भक्तपुरको अध्यक्षमा  राजन कसपाल  निर्वाचित भएका छन् । मोडर्न बोर्डिंङ्ग स्कुल, दधिकोट भक्तपुरको प्रिन्सिपल कसपाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

    शुक्रबार सम्पन्न प्याब्सन भक्तपुरको १६ ओैं अधिवेशनले कसपालको अध्यक्षतामा नयाँ  कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

    462582308_.jpg

    समितको वरिष्ठ उपाध्यक्षमा जनप्रेमी वल्र्ड स्कुलका प्रिन्सिपल निलेश आचार्य, उपाध्यक्षमा बिजय कर्माचार्य, सचिबमा सूर्य बहादुर भण्डारी, कोषाध्यक्षमा रत्नमान शंखदेव चुनिएका छन् । त्यसैगरी सह–सचिवमा लिलानाथ निरौला, सह–कोषाध्यक्षमा लक्ष्मी कुटु छनिएका छन् । 

    यस्तै, सदस्यमा मीना महर्जन, इश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायष्ठ र कृष्ण कार्की निर्वाचित भएका छन् । अधिवेशनले जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनालीलाई महाधिवेशन प्रतिनिधिहरुमा छनौट गरेको छ ।

    462573209_1324005452091662_4845855155366127752_n.jpg

     

    473339131.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij