काठमाडौं । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो।
गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, सोही क्रममा अस्पतालले उनलाई मृत घोषित गरिएको थियो।
उनको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। परिवारका अनुसार गल्तीवश उनले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ । गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।