नेपाल आयल निगम १० अर्ब नाफामा

नेपाल आयल निगम १० अर्ब नाफामा

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • नेपाल आयल निगम १० अर्ब नाफामा

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

    देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ, उनले भने, ५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्‍यो तर प्रतिफल राम्रो भएको छ ।

    २०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई थियो । 

    यसैगरी, अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम भण्डारण र अत्याधुनिक लोड-अनलोड निर्माण सम्पन्न भइसकेको भट्टले बताए ।  साथै अमलेखगन्ज–चितवन र  झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको भट्टको भनाई् छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij