बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ ।

    हिजो बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij