दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्

दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् । 

    भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने प्रसाईंका सहयोगी हरिचन्द फुयलले धरौटी बुझाउन सकेनन् । अदालतले तोकेको ३ लाख धरोटी नबुझाएपछि उनलाई कारागारमा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ ।

    प्रसाईं सर्वोच्च अदालतको आदेश अनुसार सीआईबीमा तारेखमा थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij