लेखा समिति सभापतिका स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति

लेखा समिति सभापतिका स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • लेखा समिति सभापतिका स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङले पाँच दिन हिरासत राख्न अनुमति प्राप्त भएको जनाएकाे छ ।

    बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

    उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

    ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij