सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरण : सभापति लामिछानेसहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरण : सभापति लामिछानेसहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरण : सभापति लामिछानेसहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

    गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

    न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई ६५ लाख रुपैयाँ, छविलाल जोशीलाई ८८ लाख रुपैयाँ, लीला पछाइलाई ३७ लाख रुपैयाँ, मीना गुरुङलाई ५ लाख रुपैयाँ, रामबहादुर खनाललाई १५ लाख रुपैयाँ, आरती गुरुङलाई ५ लाख रुपैयाँ र कृष्णबहादुर गुरुङलाई १ लाख रुपैयाँ धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

    अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij