धरौटी बुझाए पनि यसकारण छुट्न पाउने छैनन् रवि लामिछाने

धरौटी बुझाए पनि यसकारण छुट्न पाउने छैनन् रवि लामिछाने

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • धरौटी बुझाए पनि यसकारण छुट्न पाउने छैनन् रवि लामिछाने

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

    सोही अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ ।

    काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ । साेही कारण धरौटी बुझाए पनि रवि रिहा हुने अवस्था छैन । 

    लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

    लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij