टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौं । मोटरसाइकलको ठक्करबाट टोखामा एक पैदलयात्रुको मृत्यु भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित सडकमा बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij