पूर्वपश्चिम राजमार्ग विस्तार : मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला

पूर्वपश्चिम राजमार्ग विस्तार : मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • पूर्वपश्चिम राजमार्ग विस्तार : मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला परेको छ । बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । 

    खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    उनका अनुसार माओवादी द्वन्द्वकालमै बम राखिएको सूचना आएको थियो । सूचनालगत्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो । बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन डाईभर्ट गरिएको र घटनास्थल वरपर आवतजावतमा रोक लगाएको जोशीले बताए । जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैंचा-७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना आएको थियो ।

    राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै केही नेताले स्थानीय प्रशासनलाई सूचना दिएको थियाे । फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij