भोलिसम्म पैसा तिर्ने सर्तमा जोडियो कांग्रेस संसदीय दल कार्यालयमा बिजुली

भोलिसम्म पैसा तिर्ने सर्तमा जोडियो कांग्रेस संसदीय दल कार्यालयमा बिजुली

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • भोलिसम्म पैसा तिर्ने सर्तमा जोडियो कांग्रेस संसदीय दल कार्यालयमा बिजुली

    काठमाडौं । पैसा नतिरेपछि काटिएको नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन पुन: जोडिएको छ । संघीय संसद् सचिवालयले बत्तीको पैसा नतिरिदिएपछि आज बिहानैदेखि कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको थियो । 

    बत्तीको पैसा तीन महिना अर्थात् ९० दिनसम्म नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार करिब ६५ हजार रुपैयाँ तिर्न बाँकी छ । 

    भोलिसम्म पैसा तिर्ने सर्तमा उर्जा मन्त्रीलाई भन्न लगाएर काटिएको बिजुलीको लाइन जोडिएको छ । बिहान १० बजे काटिएको लाइन प्राधिकरणबाट १:१५ बजे पुन: जडान गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij