२०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य, १५ हजार मेगावाट निर्यात गर्ने

२०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य, १५ हजार मेगावाट निर्यात गर्ने

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य, १५ हजार मेगावाट निर्यात गर्ने

    काठमाडौं । सरकारले अबको १० वर्षपछि अर्थात् सन् २०३५ सम्म कुल २८ हजार ७१३ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । जबकि गत आर्थिक वर्षसम्म राष्ट्रिय विद्युत् प्रणालीमा जडित आयोजनाको क्षमता जम्मा ३ हजार १५३ मेगावाट मात्रै छ ।

    गत आर्थिक वर्षसम्म कुल ९ हजार १९ मेगावाटका ८४ आयोजनाको सर्वेक्षण अनुमति पत्र दिइएको र ९ हजार ८३३ मेगावाटका २४९ आयोजनाको उत्पादन अनुमतिपत्र बहाल रहेको सरकारले जनाएको छ ।

    यसबाहेक विद्युत् विकास विभागमा विद्युत् उत्पादनको अनुमतिपत्रका लागि १० हजार ६ सय मेगावाट क्षमताका ९१ आयोजनाको दरखास्त कारबाहीको प्रक्रियामा रहेको जनाइएको छ ।

    यिनै तथ्यलाई आधार मानेर सरकारको ऊर्जा विकास मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ७१३ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरेको छ ।

    मार्गचित्रअनुसार २०३५ सम्म देशको आन्तरिक माग नै १३ हजार ४६८ मेगावाट पुग्नेछ । वार्षिक ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्यअनुसार सरकारले यो प्रक्षेपण गरेको हो । तर वार्षिक ४.५ प्रतिशतको आर्थिक वृद्धि हुने हो भने सन् २०३५ सम्म विद्युत् आन्तरिक माग ९ हजार ८४० मेगावाट मात्रै हुनेछ ।

    सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् भारत, चीन तथा बंगलादेशबाट माग हुने र सोअनुरुप निर्यात हुने प्रक्षेपण गरिएको छ । जलाशययुक्त आयोजनाबाट करिब ५ हजार ९ सय मेगावाट, अर्धजलाशययुक्त आयोजनाबाट करिब १० हजार ५ सय मेगावाट र नदी प्रवाही आयोजनाबाट बाँकी विद्युत् उत्पादन हुने सरकारी दाबी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij