विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

    काठमाडौं । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारतीय नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए ।

    बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

    होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनकाे शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लगिएकाे छ । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij