नाबालिका बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता पार्टीबाट निलम्बित

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता पार्टीबाट निलम्बित

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • नाबालिका बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता पार्टीबाट निलम्बित

    काठमाडौं । नाबालिका बलात्कार आरोपमा काठमाडौंका पूर्णमान लामा पक्राउ परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-१ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन् ।

    नाबालिका बलात्कारको उजुरीपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ । 

    उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन् । उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको छ ।

    एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले अनुशासनको कारबाही सम्बन्धी विधानको व्यवस्था अनुसार लामालाई पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij