विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ

विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने धातु करिब १४९.११ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गेको छ ।

    पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

    नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij