३ बर्ष र ६ महिनाकी दुई छोरीको आफैंले हत्या गरेको पूर्णिमाको बयान

३ बर्ष र ६ महिनाकी दुई छोरीको आफैंले हत्या गरेको पूर्णिमाको बयान

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • ३ बर्ष र ६ महिनाकी दुई छोरीको आफैंले हत्या गरेको पूर्णिमाको बयान

    काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको जनाइएको छ । 

    बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

    पूर्णिमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनीविरुद्ध बिहीबार जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ ।

    यद्यपि प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी छन् । उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

    पूर्णिमाको बिहै सानै उमेरमा भएको थियो । उनको बिहे हुँदा १४ वर्षकी थिइन् । अहिले उनी १७ वर्ष पुगिन् । उनका श्रीमान् टेकमान राना २५÷२६ वर्षका छन् ।

    सानै उमेरमा दुई छोरीको जन्म भएपछि पूर्णिमामा आइपरेको जिम्मेवारीले गर्दा पनि तनाव बढाएको हुनसक्ने अनुमान प्रहरीको छ ।

    घर खर्च चलाउन उनका श्रीमान टेकमान नुवाकोटमा बसेर काम गर्दै आएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij