काठमाडौं । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा बुधबार साँझ तोडफोड भएको छ ।
चालकलाई कुटपिट गर्दै टाटासुमो तोडफोड गरेको आरोपमा काभ्रे प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरको कारका चालक र ती दुई कारमा सवार व्यक्तिहरु रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।