विद्यालय व्यवस्थापन समितिका सदस्य र सहायक लेखापाल घुससहित पक्राउ

विद्यालय व्यवस्थापन समितिका सदस्य र सहायक लेखापाल घुससहित पक्राउ

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • विद्यालय व्यवस्थापन समितिका सदस्य र सहायक लेखापाल घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेस गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

    अख्तियारले बुधबार ६५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रकमसहित उनीहरूलाई लेखापालको कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । उनीहरुले विद्यालयको भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । 

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij