दुर्गा प्रसाईंविरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

दुर्गा प्रसाईंविरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • दुर्गा प्रसाईंविरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा मुद्दा दर्ता भएको छ । बुधवार काठमाडौँ जिल्ला अदालतमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

    संगठित रुपमा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथरका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भई बिर्तामोड बस्ने रामचन्द्र मैनालीविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । 

    सरकारी वकिल कार्यालयले प्रसाईंसहितका आरोपीहरूलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाहीको माग दावी गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरू विरुद्ध अभियोगपत्र दर्ता भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij