सल्यानमा दिदीबहिनी घरभित्रै मृत फेला

सल्यानमा दिदीबहिनी घरभित्रै मृत फेला

बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • सल्यानमा दिदीबहिनी घरभित्रै मृत फेला

    काठमाडौं । सल्यानमा दिदीबहिनी घरभित्रै मृत भेटिएका छन् । कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय, सल्यानकाअनुसार घटना बुधबार बिहानको हो । सो समयमा आमा पूर्णिमा राना घरमै थिइन् । बाबु टेकमान राना भने रोजगारीका सिलसिलामा नुवाकोटमा छन् ।

    मृत भेटिएका दिदीबहिनीमा कुनै स्वास्थ्यमा कुनै समस्या नरहेको कारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

    घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij