काठमाडौं । संसदको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धराैटीमा रिहा गर्न आदेश दिएकाे छ ।
मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला बुधबार अदालत उपस्थित भएकी थिइन् ।
उनलाई थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पुस २ गते कोइरालासहित रंगेली नगरपालिका- २ का अध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष सन्तलाल खवास, सहकारीका अध्यक्ष श्याम रौनियारसहित २५ जनाविरुद्ध पक्राउको अनुमति भएको थियो ।
अञ्जला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन् । उनले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन् । उक्त सहकारीबाट २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको छ ।