प्राविधिकतर्फका २ डीएसपी र ४ इन्सपेक्टर बढुवाका लागि सिफारिस

प्राविधिकतर्फका २ डीएसपी र ४ इन्सपेक्टर बढुवाका लागि सिफारिस

बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • प्राविधिकतर्फका २ डीएसपी र ४ इन्सपेक्टर बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फका २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

    जसमा नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी समूहको संगिततर्फका डीएसपी भुलाराज खनाल सोहि समूहतर्फको एसपीमा बढुवाका लागि सिफारिस भएका हुन् भने नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी समूहकै स्वास्थ्य उपसमूहको नर्सिगतर्फका डीएसपी प्रभा पौडेल सोहि समूह तथा उपसम्रहतर्फको एसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

    यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूहको चिकित्सकतर्फका इन्सपेक्टर डा.सुष्मा केसी, डा.पुजा खड्का, डा.दिपक भिन्दवार र डा.अनुज श्रेष्ठ सोहि समूहको उपसमूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

    बढुवाका लागि सिफारिस भएका केसी नेपाल प्रहरी अस्पताल स्त्री तथा प्रसुती शाखा महाराजगञ्ज, खड्का चर्मरोग शाखा, भिन्दवार नाक, कान र घाँटी शाखा तथा श्रेष्ठ स्त्री तथा प्रसुती शाखामा कार्यरत रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij