मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    बैठकका एजेन्डाबारे भने खुलाइएको छैन । यसअघि बिहीबार बैठक बसेको थियो ।

    आजको बैठकमा गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी र डीआईजी बढुवा गर्ने प्रस्ताव लैजाने छ ।

    यस्तै सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न पनि पहिल्यै प्रस्ताव गरिसकेको छ ।

    यदि आजको बैठकले उनीहरूको पदावधि थपको निर्णय नगरे भोलिबाटै अवकास हुनेछन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij