पोल्यान्ड पठाइदिने बहानामा ठगी गर्ने दुई व्यक्ति पक्राउ

पोल्यान्ड पठाइदिने बहानामा ठगी गर्ने दुई व्यक्ति पक्राउ

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • पोल्यान्ड पठाइदिने बहानामा ठगी गर्ने दुई व्यक्ति पक्राउ

    काठमाडौं । बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा रकम ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडाैं महानगर ३१ बस्ने सप्तरी जिल्ला विष्णुपुर ७ का ३१ वर्षीय कृष्ण यदुवंशी र काठमाडाैं महानगर २६ सामाखुसी बस्ने गोरखा जिल्ला सुलिकोट ०४ का ३७ वर्षीय राजेश बराम छन् । 

    उनीहरूले युवाहरूसँग आफ्नो र विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई लामो समयसम्म झुक्याई विदेश नपठाई सम्पर्क समेत नगरी ठगी गरेकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।

    पक्राउ परेकामध्ये यदुवंशीले ७२ लाख ४८ हजार १५० ठगी गरेकाे र बरामले आठ लाख ९० हजार ठगी गरेकाे प्रहरीले जनाएकाे छ । 

    उनीहरू दुवैलाई साेमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडाैं पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij