कुखुरा फार्ममा विद्युत् चुहावट भइ आगलागी हुँदा छ लाख धनमाल जलेर नष्ट

कुखुरा फार्ममा विद्युत् चुहावट भइ आगलागी हुँदा छ लाख धनमाल जलेर नष्ट

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • कुखुरा फार्ममा विद्युत् चुहावट भइ आगलागी हुँदा छ लाख धनमाल जलेर नष्ट
    काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब रु छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
     
    यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब रु चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 
     
    स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij