काठमाडौंसहित ७ जिल्लाको सीडिओ फेरिए, कहाँ–को ?

काठमाडौंसहित ७ जिल्लाको सीडिओ फेरिए, कहाँ–को ?

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौंसहित ७ जिल्लाको सीडिओ फेरिए, कहाँ–को ?

    काठमाडौं । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौँको प्रजिअमा ऋषिराम तिवारीलाई ल्याइएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।

    काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सुनसरीको प्रजिअमा धर्मेन्द्र कुमार मिश्र, कैलालीमा गोगन बहादुर हमाल, सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुन लाई सरुवा गरिएको छ ।

    सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij