काठमाडौं । सदरमुकाम गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाट बजार स्थित मेनचोक नजिकै स १ त ७८ २१ नम्बरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालक रौतामाई गाउँपालिका-७ मुर्कृचीका ४० वर्षीय बासु खड्काको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका हवलदार भुवन राईलेका अनुसार व्यस्त बजारमा भएको दुर्घटनामा गम्भीर घाइते खड्कालाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट लगिएको थियो ।
तर, अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक त्रियुगा नगरपालिका-४ का क्रान्ति चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ भने घट्नाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।