लेखा समिति सभापति पोखराका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

लेखा समिति सभापति पोखराका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • लेखा समिति सभापति पोखराका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हाे । 

    एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

    ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij