तिलोत्तमाको एक रेस्टुरेन्टमा काम गर्ने युवती झुण्डिएको अवस्थामा मृत फेला

तिलोत्तमाको एक रेस्टुरेन्टमा काम गर्ने युवती झुण्डिएको अवस्थामा मृत फेला

सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • तिलोत्तमाको एक रेस्टुरेन्टमा काम गर्ने युवती झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयले जनाएकाे छ ।

    आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ ।

    मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्।

    उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij