सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कानून व्यवसायीहरूले रवि लामिछानेको तर्फबाट थुनछेक बहस गर्दैछन् ।
    कास्की जिल्ला अदालतमा जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरूद्ध दर्ता भएको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस भइरहेको छ ।

    सरकारी वकिल, जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरूको बहसपछि यो सातादेखि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए ।

    आइतबार प्रतिवादी छबिलाल बन्जाडे जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए ।

    उनले प्रधानमन्त्री र गृहमन्त्रीले कानुनको दुरूपयोग गरेको बताएका थिए ।

    सहकारी ठगी सम्बन्धी प्रतिवेदनमा 'छविलाल जोशी' नभएको भन्दै अधिवक्ता थापाले ऋण दिने मान्छे प्रतिवेदनमा नदेखिएको दाबी गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij