काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा प्रतिवादीहरुबाट जाहेरवालाहरुलाई रकम दिलाइ दिन माग गरिएको छ ।
उनीहरुविरुद्ध २ अबै ४१ करोड ३४ लाख ९१ हजार ७ सय ६९ विगो माग गरिएकोमा ६ सय ९० जनाले कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो दावी जाहेरीकर्ताका तर्फको हो । बाँकी विगो भने विभिन्न कम्पनीका सञ्चालकहरुले लगे बापतको रकम हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लगाएर गरेको अनुसन्धानमा ४४ जनालाई मुद्दा चलाउनु पर्ने राय दिएको थियो । अनुसन्धानका क्रममा अदालतबाट प्रहरीले ४४ जनाविरुद्ध पक्राउ पुर्जी समेत लिएको थियो । तर, ती मध्ये ३९ जनालाई मात्रै प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।