दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दा भेटियो ग्यास

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दा भेटियो ग्यास

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दा भेटियो ग्यास

    काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ । दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो । शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको छ । ड्रिलिङपछि त्यहाँ भेटिएका पेट्रोलियम पदार्थको नमुना निकालिएको छ । 

    ग्यास भण्डार रहेको संकेत भेटिएपछि अब त्यहाँ कति परिमाणमा ग्यास छ र त्यसबाट आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ भनेर खानी तथा भूगर्भ विभागले अनुसन्धान भइरहेको जनाएको छ ।

    गत वैशाख २३ गते विभागले अन्तिम चरणको ड्रिलिङ शुरु गरेको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए/नभएको पत्ता लगाएको हो । 

    ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाले जनाएकाे छ ।

    ड्रिलिङ शनिवार सकिएको र ड्रिलिङपछि नमुना निकालिएको र उक्त नमुना नमुना परीक्षणका लागि चीनको प्रयोगशालामा पठाइएको छ ।

    पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीनको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको परियोजनामा सीएनपिसी इन्जिनियरिङले उत्खनन थालेको थियो । 

    चीनमा पठाइएको नमुना परीक्षणको परिणाम आएपछि व्यावसायिक रूपमा उत्खनन् गर्न सकिने वा नसकिने स्पष्ट हुनेछ । ड्रिलिङ सकिएपछि आजसम्म उक्त स्थानमा भएका सबै काम समेटेर सबै तथ्याङ्क एकैपटक निकालिनेछ । 

    सरकारले २०८२ सम्म दैलेखमा पेट्रोलियम अन्वेषण सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । 

    पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्नेगरी चिनियाँ र नेपाल सरकारबिच सम्झौता भएको थियो ।

    ड्रिलिङ सकिएसँगै पहिलो चरणको सम्झौता अवधि सकिएको छ। अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij