भारतमा हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • भारतमा हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं ।  भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको छ । राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएको छ । 

    दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । 

    हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij