आफ्नै छोराको हत्या गरेको अभियोगमा ७६ वर्षीय वृद्ध पक्राउ

आफ्नै छोराको हत्या गरेको अभियोगमा ७६ वर्षीय वृद्ध पक्राउ

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • आफ्नै छोराको हत्या गरेको अभियोगमा ७६ वर्षीय वृद्ध पक्राउ

    सिन्धुली । आफ्नै छोरा ४९ वर्षीय माइला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिला बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका लिला बहादुरको हेटौंडा अस्पतालमा
    उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij