दैलेखबाट एक साताअघि घरबाट भागेका केटाकेटी मृत फेला

दैलेखबाट एक साताअघि घरबाट भागेका केटाकेटी मृत फेला

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • दैलेखबाट एक साताअघि घरबाट भागेका केटाकेटी मृत फेला

    काठमाडौं । दैलेखमा एक हप्ता अघि घरबाट भागेका केटाकेटी मृत फेला परेका छन् । मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरू अघिल्लो शनिवार (पुष १३ गते) घरबाट भागेका थिए ।

    घरभन्दा केही टाढा पर्ने जङ्गलमा शनिवार मृत अवस्थामा भेट्टिएको प्रहरीले जनाएकाे छ ।

    उनीहरू उक्त वडामा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत थिए । थापा ९ र विक १० कक्षामा अध्ययनरत थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij