अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

    काठमाडौं । अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ ।

    यो हिउँ आँधीले यो दशकको सबैभन्दा बढी हिमपात र सबैभन्दा बढी चिसो हुने र दशौं लाख मानिस प्रभावित हुने राष्ट्रिय मौसम सेवाको अनुमान छ । केन्टकी र भर्जिनिया राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

    मिसिसिपी र फ्लोरिडा लगायत अमेरिकाका केही भागहरूलाई कडा चिसोको चेतावनी जारी भएको छ । आर्कटिक वरिपरि घुम्ने चिसो हावाको कारण कठिन अवस्था आउन थालेको हो । राष्ट्रिय मौसम सेवाले सन् २०११ पछि यो वर्ष सबैभन्दा चिसो जनवरी महिना हुने बताएको छ । यसैबीच हिमआँधीको चेतावनीसँगै प्रशासनले तयारी शुरु गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij