नयाँ भाइरस प्रकोपको हल्ला चीनद्वारा अस्वीकार

नयाँ भाइरस प्रकोपको हल्ला चीनद्वारा अस्वीकार

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • नयाँ भाइरस प्रकोपको हल्ला चीनद्वारा अस्वीकार

    काठमाडौं । चीनले आफ्नो देशमा फ्लूको प्रकोप सम्बन्धी सूचनालाई अस्वीकार गरेको छ । उसले जाडोमा श्वासप्रश्वास सम्बन्धी रोगका घटना गत वर्षको तुलनामा यो वर्ष कम गम्भीर रहेको पनि स्पष्ट पारेको छ ।

    चीनमा ह्युमन मेटान्यूमो भाइरस (एचएमपीभी) को अत्यधिक संक्रमण भएका सूचना आएका थिए । एचएमपीभीका साथै इन्फ्लूएन्जा ए र माइकोप्लाज्मा न्यूमोनिया सक्रिय भएका खबर आएका थिए । उक्त महामारीको चिनियाँ स्वास्थ्य विभाग र विश्व स्वास्थ्य संगठन कसैले पनि पुष्टि गरेका छैनन् ।

    चिनियाँ विदेश मन्त्रालयले विदेशीहरूका लागि चीन भ्रमण सुरक्षित रहेको बताएको छ। विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्‚ ‘जाडो मौसममा श्वासप्रश्वासको संक्रमण हुन्छ ।’ देशमा 'इन्फ्लुएन्जा ए' र श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरू फैलिएको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले जानकारी दिइन् । उनले जाडोमा रुघाखोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा सिंगान बग्नु सामान्य रहेको बताइन् । चीनमा वृद्धवृद्धाको संख्या अत्यधिक रहेको छ ।

    सामाजिक सञ्जालमा प्रसारित भिडियोमा चीनका अस्पतालमा विरामीको ठूलो भीड देखाउँछ । ‘गत वर्षको तुलनामा विरामी कम देखिन्छन्’‚ निङले भनिन्, ‘म तपाईंहरूलाई आश्वस्त पार्छु— चिनियाँ सरकारले चिनियाँ नागरिक र विदेशीहरूको स्वास्थ्यको ख्याल राख्छ। चीनमा यात्रा गर्न सुरक्षित छ ।’

    निङले चीनको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम विभागले जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी रोगको रोकथाम र नियन्त्रणका लागि जारी गरेको निर्देशन पनि उल्लेख गरिन् ।

    उनले भनिन्‚ ‘पछिल्ला केही दिनदेखि विशेष गरी भारत र इण्डोनेशियाबाट चीनमा नयाँ भाइरस भेटिएका खबर आएका छन् । विगत केही महिनादेखि चिनियाँले निकै ठण्डी भोगिरहेका छन् ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij