काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ८ सय १० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार पनि चाँदी प्रतितोलामा सोही रुपैयाँमा कारोबार भएको थियो ।