यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा

यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यु-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

    अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् । 

    गत महिना भएको यु-१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु-१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् । 

    नेपाल समूह ‘डी’ मा रहेको छ । सो समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते  स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij