मोरङ कारागारमा रहेका कैदीको मृत्यु

मोरङ कारागारमा रहेका कैदीको मृत्यु

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • मोरङ कारागारमा रहेका कैदीको मृत्यु

    काठमाडौं । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो ।

    जेलर गौरव ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको हो ।

    जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए । महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij