पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

    काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

    प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

    त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।

    युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए ।

    होटलमा मृत फेला परेकी युवती जापनिज भाषा अध्ययनरत रहेको खुलेको छ । मृत भेटिएकी खड्का जापानी भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । जापनिज भाषा अध्ययनरत रहेकाले उनी जापान जाने तयारीमा रहेको हुनसक्ने बुझिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij