चीनले बनाउन लागेको मेगा तिब्बत बाँधबारे भारतको चिन्ता, परियोजनाको निगरानी गर्ने तयारी

चीनले बनाउन लागेको मेगा तिब्बत बाँधबारे भारतको चिन्ता, परियोजनाको निगरानी गर्ने तयारी

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • चीनले बनाउन लागेको मेगा तिब्बत बाँधबारे भारतको चिन्ता, परियोजनाको निगरानी गर्ने तयारी

    काठमाडौं । चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजनाबारे भारतको चासो र चिन्ता व्यक्त गरेको छ । तिब्बतको माथिल्लो भागमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् बाँध परियोजनालाई लिएर भारतले चीनसँग चिन्तासहित आफ्नो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने जनाएको छ ।

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितलाई माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिले हानी नपुर्‍याउने विषयको सुनिश्चित गर्न चीनसँग आग्रह गरिएको बताएका छन् ।

    आफ्नो हितको रक्षा गर्न निगरानी र आवश्यक उपायहरू निरन्तर जारी राख्ने भन्दै उनले तल्लो तटीय देशहरूसँग परामर्शको आवश्यकता रहेको प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर चीनले यसअघि नै आफ्नो मेगा परियोजनाले तल्लो तटीय क्षेत्रमा नकारात्मक प्रभाव नपार्ने साथै तटीय देशहरूसँग आवश्यक सहकार्यलाई कायम राख्ने जनाएको थियो ।

    चीनले हालै तिब्बतमा यार्लुङ झाङबो र भारतमा ब्रह्मपुत्र भनेर चिनिने नदीमाथि बन्ने परियोजनाको घोषणा गरेको थियो । यसलाई बेइजिङको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रको आर्थिक लक्ष्यसँग जोडिएको छ ।

    तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ झाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    अहिले पनि संसारकै ठूलो बाँध र जलविद्युत परियोजनाको रुपमा चीनकै थ्री गर्जेज बाँध रहेको छ । यार्लुङ झाङबो नदी तिब्बत छोडेर दक्षिण भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बङ्गलादेशमा बग्दा ब्रह्मपुत्र नदी बन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij