आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित

आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार अर्को बैठक भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी तय भएको छ ।

    यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो ।

    बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।

    माओवादीको केन्द्रीय समिति बैठक भोलिदेखि बस्दैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij