चीनलाई भैँसीको मासु निर्यात गर्ने सम्झौता खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन

चीनलाई भैँसीको मासु निर्यात गर्ने सम्झौता खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • चीनलाई भैँसीको मासु निर्यात गर्ने सम्झौता खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन

    काठमाडौं । नेपाल र चीनबिच भएको भैँसीको मासु निर्यातसम्बन्धी सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । अहिंसा परमोधर्म भन्दै उनीहरूले शान्तिपूर्ण पद यात्रा गरेका हुन् ।

    नेपाल देवभूमि भएको र यसलाई दानवको राज्य नबनाउन उनीहरूको माग छ । उनीहरूले चीनसँग गरिएको सम्झौता खारे गर्न भनेका छन् ।

    नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । नेपाल तर्फबाट हिमालयन फुड इन्टरनेसनल र चीनको साङ्घाई जी याङ फुड कम्पनी लिमिटेडबिच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको हो । यी दुवै कम्पनी निजीस्तरका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ । सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij