क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–६ घर भइ काठमाडौं नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    क्यानडा पठाउने भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij