गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ

गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ

    काठमाडौं ।  रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् ।

    दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको हो ।

    दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ ।

    अनुसन्धानमा सहयोग गरेमा सजायमा छुट हुने व्यवस्था अनुसार उनको परिवारलाई कानूनी परामर्श गरिएको थियो । त्यसपछि यादव प्रहरी कार्यालयमा आफैं उपस्थित भएको प्रहरीले जनाऐका छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij