काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कायम भएको महासघले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।