यू–१९ महिला एशिया कप : दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश भिड्दै

यू–१९ महिला एशिया कप : दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश भिड्दै

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • यू–१९ महिला एशिया कप : दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश भिड्दै

    काठमाडौं । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।

    मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरू हुनेछ । यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ ।

    वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो । नेपाल र  श्रीलङ्काले १/१ अङ्क बाँडेका छन् ।  ‘सुपर–फोर’ अन्तर्गत हिजोको अर्को खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ ।

    प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् ।

    महिला एशिया कपको फाइनल खेल पर्सि आइतवार हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij